News हाम्रो इटहरी भेट्रान सेमिफाइनलमा
गोलनेपाल

इटहरी । फराकिलो जितका साथ आयोजक हाम्रो इटहरी भेट्रान क्लब, इटहरी जारी चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ हाम्रो इटहरी भेट्रानले विराट मेघा स्पोर्टस एकेडेमी भेट्रान, बिराटनगरलाई शून्यका विरुद्ध ६ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा हाम्रो इटहरी भेट्रानका लागि सुरेन्द्र तामाङ एक्लैले ह्याट्रिक सहित चार गोल गरे । त्यस्तै भुपेन्द्र लिम्बु र दिपेन राईले थप एक–एक गोल गरे ।

खेलमा ह्याट्रिकसहित चार गोल गरेका हाम्रो इटहरी भेट्रानका सुरेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २८ गतेको खेल उर्लाबारी भेट्रान क्लब, मोरङ र मिल्स भेट्रान क्लब, विराटनगर बीच हुने आयोजकले जानकारी दियो ।

 हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३ गतेका दिन हुनेछ ।

Post Comments