Province 3 मच्छिन्द्रलाई तीन अंकसँगै लिगको तेस्रो चरण सम्पन्न
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले सहज जित निकाल्दै तीन अंक बटुलेसँगै जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलहरु पनि सकिएका छन् ।

बुधबार भएको दोस्रो खेलमा मच्छिन्द्रले आफ्नो दावेदारीतालाई यथावत राख्ने क्रममा जावलाखेल युथ क्लबमाथि २–० को जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलको १४औं मिनट मै जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गर्दा मच्छिन्द्रले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

त्यस्तै दोस्रो गोल गर्न पनि मच्छिन्द्रलाई धेरै समय पर्खनु परेन । २२औं मिनटमा रन्जित धिमालले फ्रिकिकबाट सुन्दर गोल गर्दै मच्छिन्द्रलाई २–० को स्थितिमा ल्याए । पहिलो हाफ मै बनाएको थियो अग्रता नै खेलको निर्णायक नतिजा बन्यो ।

खेलमा मच्छिन्द्रका रन्जित धिमाल नै म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै जित हात पारेको मच्छिन्द्रले म्याच मनी बापत पनि नगद ५० हजार प्राप्त गर्यो ।

तेस्रो चरणको खेल समाप्तीसम्म ३ खेलबाट ७ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ । समान ७–७ अंक जोडेका सातदोबाटो र मनाङ क्रमशः पहिलो र तेस्रो स्थानमा छन् । त्यस्तै पराजित जावलाखेल भने अंकविहीन रुपमा रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ ।

Post Comments