रामपुर, पाल्पा। चौथो ज्योतिपुञ्ज कप २०८३ अन्तर्गत सम्पूर्ण युवा क्लब, सुपौली, रुपन्देहीले भैरव स्पोर्ट्स क्लब, नवलपरासी पश्चिमलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
रामपुर–७, किसानबारीस्थित खेलमैदानमा सम्पन्न खेलमा सम्पूर्ण युवा क्लबले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। टोलीका मयंक मगरले खेलको १६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
दोस्रो हाफमा भैरव स्पोर्ट्स क्लबले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा पुर्यायो। मनीष थारुले खेलको ४४औँ मिनेटमा गोल गर्दै भैरवलाई १–१ को अवस्थामा ल्याएका थिए।
प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयको अन्त्यतिर सम्पूर्ण युवा क्लबले निर्णायक गोल गर्यो। सुक्मित गुरुङले ७०+१औँ मिनेटमा गोल गर्दै टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए। निर्णायक गोलकर्ता गुरुङ खेलको प्लेयर अफ द म्याच घोषित भए।
यस जितसँगै सम्पूर्ण युवा क्लबले प्रतियोगिताको क्वार्टरफाइनल यात्रा तय गरेको छ।