ANFA रतुवामाई कप शुरु, लालीगुराँसको विजयी शुरुवात
गोलनेपाल

रतुवामाई । यहाँ शुरु रतुवामाई कप अन्तर क्लब नकआउट फुटबल प्रतियोगितामा लालीगुराँस स्र्पोटिङले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा लालीगुराँसले लेटाङ एकेडेमीलाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

गोलनेपाल डटकम आधिकारिक मिडिया पार्टनर रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार पाउनेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments