Gorkhalis Abroad पाचौं ओहाशी कप हुने
गोलनेपाल

काठमाडौं । ओहाशी ग्रुपको आयोजनामा जापानमा रहेका नेपाली समुदायबीच आउँदो अक्टुबर २२ (कार्तिक ५ गते) का दिन पाँचौं ओहाशी कप फुटबल प्रतियोगिता हुने भएको छ । जापानी शहर फुकुओकामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५ हजार जापानिज येन रहेको पनि आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको बिमा पनि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख जापानीज येन, र खसी प्राप्त गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार यने सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments