News संकटा र सातदोबाटोलाई दुई विभागीय टोलीहरुको चुनौति
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार नवौं चरणको दुई खेलहरु हुँदै छन् । च्यासल स्टेडियममा दिनको ३ बजेदेखि शुरु हुने खेलमा संकटा क्लब र विभागीय टोली एपिएफ क्लब भिड्ने छन् ।

८ खेलबाट १२ अंकका साथ सातौं स्थानमा रहेको संकटा आज जित निकाल्दै शिर्षताको होडमा फर्कने योजनामा हुनेछ । त्यस्तै ११ अंकका साथ नवौं स्थानमा रहेको एपिएफको योजना पनि संकटालाई टक्कर दिंदै शिर्षता कै होडमा आफूलाई सामेल गर्नु हुनेछ ।

त्यस्तै दिनको दोस्रो खेलमा बेलुका ६ बजेदेखि दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र खराब प्रदर्शन गरिरहेको अर्को विभागीय टोली नेपाल पुलिस क्लब आमने सामने हुनेछन् । १६ अंकका साथ दोस्रो स्थानमा रहेको सातदोबाटोले आजको खेल जिते जावलाखेललाई पछि पार्दै शिर्ष स्थानमा कब्जा जमाउने छ ।

उता ८ खेलबाट एक जित, १ बराबरी र ६ हार बेहोरेको पुलिस लिगतालिकाको पुछारमा छ, र आज आफू अनुकुल नतिजा निकाल्दै स्थान सुधारको प्रयासमा हुनेछ ।

Post Comments