News लिगमा आजः शेर्पा र फ्रेण्डस, स्टार र अर्च ब्वाईज भिड्दै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार नवौं चरणका अन्तिम दुई खेलहरु हुँदै छन् । एन्फा कम्प्लेक्समा ३ बजेदेखि शुरु हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेण्डस भिड्दै छन् ।

लिगमा ८ खेलबाट ९ अंक जोडेको ११औं स्थानमा छ । र आज तेस्रो जित हात पार्दै लिगतालिकामा स्थान सुधारको प्रयासमा हुनेछ । त्यस्तै यस सिजन संघर्ष गरिरहेको फ्रेण्डस ५ अंकका साथ पुछारमा छ । र, शेर्पा विरुद्ध आफू अनुकुल नतिजा जिकाल्दै रेलिगेशन क्षेत्रबाट बाहिर निस्किन प्रयासरत रहनेछ ।

त्यसैगरी च्यासल स्टेडियममा ३ बजेदेखि नै शुरु हुने अर्को खेलमा थ्रीस्टार र चर्च ब्वाईज युनाइटेड पनि आमने सामने हूँदैछन् । ८ खेलबाट १४ अंक जोडेको चर्च ब्वाईज पाँचौं स्थानमा छ र शिर्षताको होडमा आफूलाई कायम राख्न आज निश्चित जितको खोजीमा हुनेछ ।

थ्रीस्टारको पनि समान १४ अंक छ र गोलभिन्नताले चर्च ब्वाईज भन्दा एक स्थान तल छैठौं स्थानमा छ । यद्यपि स्टारको पनि शिर्षताको सम्भावना कायम छ ।

Post Comments