News सी डिभिजन लिग फागुनमा हुने तय
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक सी डिभिजन लिग आउँदो फागुन १५ गतेदेखि आयोजना गर्ने घोषणा गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको सी डिभिजन क्लबका प्रतिनिधीहरुसँगको बैठक र छलफल पश्चात लिगको मिति घोषणा गरिएको हो ।

एन्फाका अनुसार आउँदो सी डिभिजन लिग सिंगल राउण्ड रोबिनका आधारमा हुने पनि बैठक पश्चात जानकारी गराइयो । साथै एन्फा र सी डिभिजन क्लबहरु बीच लिग आयोजनासँगै क्लब लाइसेन्सिङबारे पनि सहमति भएको छ ।

बैठकमा सी डिभिजन क्लबका प्रतिनिधिहरुसँगै एन्फाका महासचिव किरन राई, कोषाध्यक्ष रबिन्द्र जोशी, कार्यसमिति सदस्य पुरुषोत्तम थापा र एन्फा प्रवक्ता सुरेश साह लगायतको पन िउपस्थिति रहेको थियो ।

Post Comments