काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र एन्फा कै महासचिव किरन राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधिश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न आदेश दिएको हो । स्मरण रहोस, केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अध्यक्ष नेम्वाङ र महासचिव राईसहित ४ जनालाई प्रतिवादी बनाउँदै बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।
एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराईन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकारणमा उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले प्रतिवादी बनाएको थियो ।
त्यस्तै सोही इजलासले पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न आदेश दिएको छ ।