Province 3
फर्साटिकर भरतपुर १८ गोल्डकपको सेमिफाइनलमा
भरतपुर । फर्साटिकर युथ क्लब रुपन्देही भरतपुर १८ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भरतपुर १८ वडा कार्यालय मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा गैडाकोट एफसी गैडाकोटलाई हराउँदै फर्साटिकरले सेमिफाइनलमा स्थान बनाएको हो । फर्साटिकरको जितमा आशिष रानाले दुई तथा टिकाराज गुरुङले एक गोल गरे ।
गैडाकोटका लागि सन्दिप मल्लले एक मात्र गोल गरे । एक गोल र एक असिस्ट गरेका फर्साटिकरका टिकाराज प्लेयर अफ दि म्याच बने । उनले ५ हजार रूपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा भोलि आयोजक भरतपुर १८ र वीरगन्ज युनाइटेड भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । असोज ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख ४४ हजार ४४४ रूपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २ लाख २२ हजार २२२ रूपैयाँ प्राप्त गर्नेछ ।
Post Comments