Province 3
सेक्रेट्स, फ्रिडमफाइटर्स, बीएमजे र पेपे पिज्जा एक्सट्रिम–फुडपार्क भेट्रान्स कपको सेमिफाइनलमा
काठमाडौं । एक्सट्रिम–फुडपार्क भेट्रान्स कप २०२६ को सेमिफाइनलमा सेक्रेट्स एफसी, फ्रिडमफाइटर्स, बीएमजे र पेपे पिज्जा प्रवेश गरेका छन्।
क्वार्टरफाइनलमा सेक्रेट्स एफसीले वी प्लेलाई ४–२, फ्रिडमफाइटर्सले बागलुङ भेट्रान्सलाई ५–२, बीएमजेले एन पेनाङलाई ४–२ र पेपे पिज्जाले न्यूजनलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
कुल १३ टोली सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले ३ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
एक्सट्रिम र फुडपार्कको प्रस्तुतिमा सञ्चालन भइरहेको प्रतियोगिताले नेपाली भेट्रान्स फुटबललाई थप उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
Post Comments
Related News