News दोस्रो हिरा डाँगी स्मृति कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

तुलसीपुर । दाङ जिल्ला कै पूर्वखेलाडी स्व. हिरा डाँगीको स्मृतिमा हुन गईरहेको दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । तुलसीपुर, दाङ स्थित अरनिको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको प्रतियोगिता संयोजक केशव चौधरीले बताए ।

साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । आउँदो फागुन २ देखि ८ गतेसम्म हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा टरीगाउँ युवा क्लब र बढहरा युवा क्लब भिडुने पनि खेल संयोजक केशव चौधरीले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरु सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

हिरा डाँगी फाउण्डेशन, तुलसीपुर–५, दाङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments