News शिर्ष स्थानमा जावलाखेलको फड्को (लिगतालिका)
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ नयाँ वर्ष २०८० को पहिलो गेम विकमा दावेदार मानिएका टोलीहरुले खराब नतिजालाई आत्मसात गर्न बाध्य बनेका छन् ।

लिगको नवौं चरणको खेलतर्फ शनिबार भएको तीन खेलहरु मध्ये दुई खेलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले हार बेहोर्दा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले बराबरीमा चित्त बुझाउन बाध्य बन्यो ।

मनाङले जावलाखेलसँग ०–३ को हार बेहोर्यो भने आर्मीले खुमलटारलाई २–३ ले नतिजा सुम्पियो । त्यस्तै अर्को खेलमा मच्ँिछन्द्रले एनआरटीसँग १–१ को बराबरी खेल्दै अंक बाँडयो ।

शनिबारको खेलहरु पश्चात् ९ खेलबाट १७ अंक जोडेको जावलाखेल शिर्ष स्थानमा उक्लेको छ । १६ अंकसहित सातदोबाटो दोस्रो स्थानमा छ, र उसले एक खेल कम पनि खेलेको छ ।

जावलाखेलसँग पराजित मनाङ १५ अंकका साथ तेस्रो स्थानमा छ । आर्मीलाई हराएको खुमलटार १० अंकका साथ दशौं स्थानमा छ भने आर्मी १२ अंकका साथ आठौं स्थानमा छ ।

त्यसैगरी मच्छिन्द्र १३ अंकका साथ छैठौं स्थानमा छ भने मच्छिन्द्रलाई रोकेको एनआरटी ७ अंकका साथ १२औं स्थानमा छ । पुछारका दुई टोली भने क्रमशः ५ र ४ अंक जोडेका फ्रेण्डस र पुलिस क्लब रहेका छन् ।

Post Comments